Loading....

बुटवल उद्योग वाणिज्य संघ , रुपन्देही

BUTWAL CHAMBER OF COMMERCE & INDUSTRY , RUPANDEHI

  • Home
  • About Us
    • Introduction
    • Past Presidents
    • Executive Committee
    • Advisor
    • Consultants
    • Commodity Committees
    • Secretariat
    • Institutional Relation and Representation
  • Our Services
  • Members
    • Why to be members of BuCCI?
    • Members application form
  • Projects
    • Completed
      • Chamber Support Program(CSP/GTZ/SEQUA-PSP)
      • Capacity Enhancement Program (CEP/FNCCI/USAID)
      • Inclusive Development of the Economy (GTZ/INCLUDE)
      • One Stop Shop (OSS/GIZ/INCLUDE/SEQUA)
      • Local Economic Development Program (LED/GTZ/SEQUA/DED)
      • Public Private Partnership for Urban Environment (PPPUE)
      • One Village One Product (OVOP)
      • Nepal Energy Efficiency Program (NEEP)
    • Ongoing
      • Rupandehi Business Incubation program
  • Events
    • Upcomming Events
    • Past Events
  • Media/Publications
    • Bulletin
    • Notice Board
    • Press Release
    • Activities
  • Labour Bank
  • Contact Us
  • Home /
  • About Us /
  • Introduction
  • Bulletin
  • Notice Board
  • Press Release
  • Activities

सिमानाका कडाई गर्न माग गर्दै भन्सारमा डेलिगेसन

सिमानाका कडाई गर्न माग गर्दै भन्सारमा डेलिगेसन



बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सिमानाका कडाई गर्न माग गर्दै भैरहवा भन्सार कार्यालयमा डेलिगेसन गएको छ । एकातिर खुला सिमानाका र अर्कोतिर भन्सारमा खुकुलो नीति लिईदा सिमावर्ती नेपाली व्यवसायी मारमा परेको भन्दै भन्सारमा हुने चेकजाँचलाई कडाई गर्न माग गरिएको हो ।
भन्सारको खुकुलो नीतिका कारण विशेष गरेर कपडा र कस्मेटिक व्यवसायी मारमा परेका छन् । यसले एकातिर व्यवासयीको व्यवासाय धरापमा परेको भने अर्कोतिर सरकारको राजश्वमा पनि प्रभाव पारेको छ । त्यस्तै पुँजी पलायन पनि भईरहेको छ । यसले समग्रमा मुलुकको अर्थतन्त्रमा प्रभाव पारिरहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो ।
भैरहवा भन्सार कार्यालयमा गएको डेलिगेसमा संघका अध्यक्ष कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा कपडा बस्तुगत समितिका सभापति अनिल चुके, कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिका सभापति अलिम दिन, सचिव सन्तोष नेपाल सहित सदस्य व्यवसायीहरु सहभागि हुनुहुन्थ्यो ।
त्यस अवसरमा व्यवसायीहरुले कोडिभ महामारीको समयमा सिमानाका कडाई हुँदा सिमावर्ती नेपाली बजार फष्टाएको बताउँदै नेपाली व्यवसायीलाई प्रवद्र्धन गर्न र बचाउनको लागि सिमानाकामा सधै कडाई गर्न आग्रह गरे । नेपाली उपभोक्ताकै कारण सिमा पारी सुनौलीको बजार गुल्जार भईरहेको र सिमानाकामा कडाई गर्ने हो भने नेपाली उपभोक्ता नेपालमै किनमेल गर्ने वातावरण बन्ने भएकाले त्यसलाई गम्भिरतापूर्वक लिन भन्सार कार्यालयका प्रमुखलाई आग्रह गरिएको थियो ।
जवाफमा भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले सिमानाकामा चेकजाँच तथा अप्रेसन भईरहेको र व्यवसायीहरुले ध्यानाकर्षण गराएका विषयमा चेकजाँच तथा अप्रेसनलाई अझै कडाई गरिने आश्वासन दिनुभयो ।
त्यसै अवसरमा संघको सो टोलीले ससस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेड क्वाटर रुपन्देहीमा पनि त्यस विषयमा जानकारी गराएको छ । टोलीले बेलहीया स्थित ससस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेड क्वाटर रुपन्देही गएर प्रमुख एसपी गगन श्रेष्ठलाई खुला सिमा नाकामा हुने चेकजाँचलाई कडाई गर्न आग्रह गरेको हो । एसपी श्रेष्ठले त्यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र चेकजाँचलाई अझै कडाई गरिने बताउनु भयो ।

Butwal Chamber of Commerce & Industry (BuCCI),

  • Butwal-5, Hatbazzar, Balmandir Nepal
  • Tel: 071-531346, 534746
  • Email: butwalcci@yahoo.com, butwalcci@gmail.com
  • Web Site: www.bcci.org.np

Useful Links

  • Ministry of Industry, Commerce & Supplies
  • Department of Industry
  • Department of Commerce, Supplies and Consumer Protection
  • Ministry of finance
  • Inland Revenue department
  • Department of custom
  • Trade and Export Promotion Centre
  • Nepal Rastra Bank
  • Ministry of Culture, Tourism and Civil Aviation

© Copyright 2023 . All Rights Reserved. BuCCI.

Powered By: Lumbini Tech