संघको नियमित कार्यसमितिको बैठक सम्पन्न

ccc

बुटवल, ९ साउन ।
बुटवल उद्योग वाणिज्य संघको कार्यसमितिको नियमित बैठक संघ सचिवालयमा आज बसेको छ । संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षता र महासचिव हरी प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न बैठकले गत आर्थि बर्ष २०७३।७४ मा संघबाट भएका कार्यहरुको समिक्षा गर्नुका साथै असार महिनाको आम्दानी तथा खर्च बिवरण अनुमोदन गरेको छ ।
बैठकले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाका नवनिर्वाचत सम्पुर्ण जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै बुटवल भैरहवा ६ लेण्ड सडक बिस्तारको क्रममा सडक बिस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक
आसपासमा रहेका ८२ फिट भित्र पर्ने घर टहरा हटाउन दिएको अल्टिमेटम प्रति बैठकमा गम्भिर छलफल भएको छ ।
बैठकले सडक बिस्तार गर्नु उत्तम भएपनि बुटवलको मुख्य बजार क्षेत्रका घरहरु भत्काउदा व्यवसायमा पर्न जाने असरका कारण बैकल्पिक व्यवस्थाको लागि पहल गर्ने र सडक बिस्तार गर्दा अहिले काम गरीरहेको बुटवल भैरहवाको बाकि काम सकेपछी मात्र नया स्थानमा काम सुरु गर्न सम्वन्धित निकायलाई आग्रह गर्ने निणर्य गरेको छ ।