बुटवल, ७ जेठ ।
बुटवल उद्योग वाणिज्य संघमा आज नेपाल स्थित बंगलादेशको राजदुतावासका प्रथम
सचिव महब्बुल हेगूइ र संघका पदाधिकारी कार्यसमितिका बीच छलफल भएको छ ।
कार्यक्रममा दुई देशको व्यापार र सम्वन्धलाई थप प्रगाढ बनाउने बिषयमा छलफल
भएको थियो ।
प्रथम सचिव हेगूइले बुटवल पश्चिम नेपालको व्यापारीक केन्द्र भएकाले यस क्षेत्रमा
बंलादेशका बस्तुहरुको बजार भएजस्तै यहाका उत्पादन पनि बंगलादेश जान सक्ने
बताउनु भयो ।
संघका अध्यक्ष महेशमान सिंहले यस क्षेत्रका अर्गानिक कृषि तथा अन्य औद्योगिक
उत्पादनलाई बंगलादेशमा निर्यात गर्ने वातावरण र व्यवसायीक भ्रमणको व्यवस्था
मिलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल, उद्योग उपाध्यक्ष अनिल
प्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष उज्ज्वल कसजु, महासचिव हरि प्रसाद अर्याल,
कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ सचिव कमल पौडेल लगायतले बोल्नु भएको थियो