बुटवल, २० पुस ।
बुटवलमा क्रियासिल बिभिन्न व्यवसायीक संघ सस्थाहरुले ५ नम्वर प्रदेशको केन्द्र रुपन्देहीलाई तोक्न नेपाल सरकारसंग माग गरेका छन ।
बुटवल उद्योग वाणिज्य संघमा आज बसेको व्यवसायीक सस्थाहरु सम्मिलित सामाजिक सञ्जालको बैठकले जनसंख्या, भौगोलिक सुगमता, पुर्वाधार बिकास र ऐतिहासिक महत्व बोकेको रुपन्देहीमा प्रदेशको केन्द्र तोक्न सरकारसंग माग गरेको हो । बैठकले केन्द्रका लागि आवश्यक पुर्वाधार भए नभएको समवन्धमा अध्ययन गर्न नेपाल सरकारले क्षेत्रीय प्रशासकको नेतृत्वमा गठन गरेको सरकारी टोलीले रुपन्देहीमा आवश्यक सबै भौतिक संरचना रहेको प्रतिबेदन समेत बुझाईसकेको अवस्थामा अन्यत्र केन्द्र नतोकन सरकारलाई आग्रह गर्ने निणर्य गरेको छ ।
बैठकले सबै राष्टिय दल तथा दलका यस क्षेत्रका नेता, मन्त्रि तथा यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुलाई आवश्यक पहल गर्न आग्रह गरेको छ ।
त्यस्तै प्रदेश केन्द्र रुपन्देहीमा तोक्न दवाव दिन र समन्वय गर्न स्थानिय तहका जनप्रतिनिधिहरु, लुम्विनी अञ्चलका बिभिन्न संघ सस्थाहरु सहित सम्पुर्णलाई आग्रह गर्ने निणर्य गरेको संघका महासचिव दिनेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालको अध्यक्षतामा बसेको बैठकमा रुपन्देही व्यापार सं३का अध्यक्ष मोतिलाल पाण्डे, पश्चिम नेपाल बस व्यवसायी सं३का अध्यक्ष दधिराम खरेल, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद अधिकारी, उद्योग व्यापार संगठनका उपाध्यक्ष गोबिन्द गैरे, निर्माण व्यवसायी संघका अध्यक्ष जबिन कक्षपति, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइटेल, तिलोत्तमा उद्योग वाणिजय संघका का.वा. अध्यक्ष दुर्गा खरेल, सैनामैनाका महासचिव राम प्रसाद अधिकारी, देवदहका महासचिव प्रमोद खनाल, क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठ, ग्रिल व्यवसायी संघका अध्यक्ष दिल बहादुर राना, लुम्विनी साना तथा मझौला ढुवानी व्यवसायी संघका महासचिव सुमन सापकोटा, रिक्सा व्यवसायी संघका अध्यक्ष कृष्ण तिवारी,बुटवल फर्निचर उद्योग संघका अध्यक्ष नरेश श्रेष्ठ, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका कावा अध्यक्ष हिरामणि भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठ, पुर्व केन्द्रिय सदस्य जीवन वझा, संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, उद्योग उपाध्यक्ष अनिल श्रेष्ठ, बाणिजय उपाधयक्ष हरी अर्याल, सचिव कमल पौडेल लगायतको पनि सहभागिता रहेको थियो ।
५ नम्वर प्रदेशको केन्द्र रुपन्देहीलाई तोक्न नेपाल सरकारसंग माग
