पर्वत उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई संघमा स्वागत तथा भेटघाट कार्यक्रम

25531922_1860839403961400_7045721697736134415_o

बुटवल, ७ पुष ।

पर्वत उद्योग वाणिज्य संघबाट औद्योगिक भ्रमणका लागि बुटवल आएको उद्योगि व्यवसायीहरुको टोलीलाई बुटवल उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।
बिभिन्न स्थानको औद्योगिक व्यवसायीक अवस्थाका सम्वन्धमा जानकारी लिनेक्रममा बुटवल आएको टोलीलाई संघ सचिवालयमा हिजो साझ एक कार्यक्रम गरी स्वागत गरीएको हो ।
भ्रमण टोलीलाई स्वागत गर्दै संघका अध्यक्ष खिम बहादुर हमालले नया संबिधान निर्माण भई कार्यान्वयनका लागि ३ तहको निर्वाचन समेत भइसकेको अवस्थामा अव सरकार र सबै राजनीतिक दलले आर्थिक एजेडालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । पर्वतका अध्यक्ष हरिओम शर्मा लामीछानेले पश्चिम नेपालको आर्थिक केन्द्र बुटवलबाट आर्थिक बिकासका कुरा सिक्न आफुहरु बुटवल आएको उल्लेख गर्दै आर्थिक बिकासका लागि पर्वतमा पनि लगानी गर्न यस क्षेत्रका व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  सुरेन्द्र श्रेष्ठ, पुर्व केन्द्रिय सदस्य होम नारायण श्रेष्ठ, पर्वतका पुर्वअध्यक्ष लक्ष्मि आचार्य, महासचिव ठाकुर पौडेल, बुटवलका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, महासचिव दिनेश प्रसाद श्रेष्ठ, सदस्य अनुपमान सैजू, परामर्शदाता रत्नहरी गौतम लगायतले दुई स्थानको औद्योगि व्यवसायीक अवस्था, समस्या र सम्भावनाका सम्वन्धमा चर्चा गर्नु भएको थियो ।