Category: News & Event

36802268_2011874605529444_1803617158849101824_n

कृषिले अव प्राथमिकता पाउछ :मन्त्रि पौडेल

बुटवल, २४ असार ।
प्रदेशका भुमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्रि आरती पौडेलले नेपाल कृषि प्रधान मुलुक भनिए पनि बजेट र योजनामा प्रधान नहुदा कृषि पछाडी परिरहेको बताउनु भएको छ ।
बुटवल उद्योग वाणिज्य संघ र व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रको संयुक्त आयोजनामा बुटवलको बेलवास बदेलपोखरीमा सञ्चालित ४५ दिने ग्रमिण कृषि कार्यकर्ता तालिमको समापन कार्यक्रममा बोल्दै उहाले सबैभन्दा महत्वपुर्ण पेशा र व्यवसाय कृषि हुदा हुदै पनि यसप्रतिको गरीने वेवास्ता अव सह्य नहुने बताउनु भयो ।
उहाले भन्नुभयो उद्योग, व्यापार, जागिर गर्नेहरु सम्मानित हुन्छन सुकिला मुकिला भएर हिडछन तर दैनिक १८ घण्टा महत्वपुर्ण कृषि कर्म गर्नेले हिनताबोद गरीरहेका छन यो निर्वाहमुखि परम्परागत तरीकाले कर्म गर्दा हो अव यसमा प्रबिधिको प्रयोगबाट व्यापक सुधार गर्नुपर्दछ ।
मन्त्रि पौडेलले बिगतमा सरकारबाट सुकिला मुकिला र गोठ तथा खेतसम्म नपुग्ने अधिकाशंले अनुदान लिएकाले अव त्यस्तो हुन नदिई वास्तबिक किसानलाई प्रदेश सरकारले अनुदान सहयोग गर्ने बताउनु भयो ।
उहाले किसानलाई हलो जोत्ने, डोकोमा मल बोक्ने र जेठ असारमा खेति लगाउन चैत्रमा मल फाल्ने परम्परागत शैलिमा परिवर्तन गर्न सरकारले प्रबिधि तथा व्यवसायीकरण दिने गरेको अनुदानबाट लाभ लिन किसानहरुलाई आग्रह गर्नुभयो ।
मन्त्रि पौडेलले खेतियोग्य जमिन बाझो नराख्न प्रदेश सरकारले करार खेतिलाई प्राथमिकता दिएर आगामी बर्षका लागि १० करोड रुपैया छुट्याएको जानकारी दिनुभयो । उहाले अर्गानिक खेतिको प्रोत्साहनका लागि अर्गानिक मलमा प्रतिकिलो १५ रुपैया प्रदेश सरकारले अनुदान दिने पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष खिम बहादुर हमालले संघले यस क्षेत्रमा कृषिको सम्भावना देखेर नै कृषिको व्यवसायीकरण र आधुनिकिकरणका लागि कृषि मेला तथा कृषि सम्वन्धि बिभिन्न तालिम गोष्ठि निरन्तर सञ्चालन गर्दै आएको बताउनु भयो । उहाले कृषि क्षेत्रमा प्रबिधि संगै कृषिमा आधाररित उद्योगहरुको स्थापनाका लागि पनि सरकारले बिशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रका प्रमुख बालकृष्ण पौडेलले परम्परागत कृषिलाई प्रबिधि सहित आधुनिकीकरणमा जोडन केन्द्रले सीपमुलक तालिमहरु आयोजना गरेको बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक तुल्सीराम अधिकारी, प्रशिक्षार्थी डिला गाहा, संघका कोषाध्यक्ष बिमलराज भट्टराई, गोबिन्द पाण्डे लगायतले बोल्नु भएको थियो ।
तालिमका सहभागि २५ अगुवा कृषकहरुलाई मन्त्रि पौडेलले प्रमाण पत्र र तरकारीको बिउ बितरण गर्नु भएको थियो ।

34849779_2045402885505050_7116518740820230144_o

बुटवलमा सञ्चालित ३ महिने निशुल्क कुक तालिम सम्पन्न

बुटवल, २७ जेठ ।
बुटवल उद्योग वाणिज्य संघ र व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रको आयोजनामा बुटवलमा सञ्चालित ३ महिने निशुल्क कुक तालिम आज सम्पन्न भएको छ ।
तालिममा ५ नम्वर प्रदेशका बिभिन्न जिल्लाका ५० युवा युवतिहरु सहभागिता  रहेको थियो ।
तालिमका सहभागिहरुलाई प्रमाण पत्र बितरण गर्दै प्रदेश सरकारका सामाजिक बिकास मन्त्रि सुर्दशन बरालले बैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमा नै रोजगारीका अवसर श्रृजना गर्न यस्ता तालिम फलदायी हुने बताउनु भयो ।
उहाले बिदेश जान दैनिक हजारौको लाइन लाग्ने र स्वदेशी उद्योगिले दक्ष कामदार नपाउने अवस्था बीचको अन्तर कम गर्न युवाहरलाई सानो तिनो तर आर्थिक आम्दानी हुने क्षेत्रमा सहभागि हुन आग्रह गर्नुभयो ।
मन्त्रि बरालले बुटवल उद्योग वाणिज्य संघले बुटवलको पुर्वाधार बिकासमा मात्रै नभएर प्रदेशको राजधानिका लागि आफनो भवन तथा सभा हल दिएर अनुकरणीय काम गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो ।
उहाले प्रदेश सरकारका मन्त्रिहरु सुबिधामा भन्दा काम गरेर परिणाम देखाउन लागि परेकाले सबैको सहयोग आवश्यक भएको बताउनु भयो । उहाले प्रदेश सरकारका मन्त्रिका गाडी चल्दा चल्दै राकिने र ढोका खोल्न समेत नसकिने खालका रहेको बताउनु भयो ।
सीप बिकास तालिम केन्द्रका प्रमुख बालकृष्ण पौडेलले यस क्षेत्रका युवालाई उद्यमसील र स्वरोजगार बनाउन उद्योग वाणिज्य संघ समेतको आयोजनामा गर्ने तालिम प्रभावकारी हुदै आएकाले संघ संग केन्द्रले बिभिन्न तालिम गरीरहेको जानकारी गराउनु भयो ।
संघका पुर्वअध्यक्ष ज्ञानेन्द्र कसजुले प्रदेश नम्वर ५ को बिकासको मुल आधार पर्यटन र उद्योग रहेकाले यि क्षेत्रलाई बिशेष प्राथमिकता सहित सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
अर्का पुर्व अध्यक्ष जीवन प्रसाद वझाले बजेट भाषण संगै बजारमा बस्तुको मुल्य बृद्धि भयो भन्ने अनावश्यक हल्लाले व्यवसायीको मान मर्दन भएको भन्दै सरकारले स्पष्ट कुरा बाहिर ल्याउनु पर्ने बताउनु भयो ।
त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले रुपन्देहीको होटल व्यवसायमा ठुलो सम्भावना भएकाले अहिले लगानीको ओइरो लागि रहेको बताउनु भयो ।उहाले तालिम गरेका सबै युवालाई होटल व्यवसायमा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा संघका उद्योग उपाध्यक्ष अनिल श्रेष्ठ, महासचिव दिनेश प्रसाद श्रेष्ठ, प्रशिक्षार्थी दीपेन्द्र आले लगायतले बोल्नु भएको थियो ।

संघमा बिक्रयकला तालिम सम्पन्न

बुटवल, १४ जेठ ।
बुटवल उद्योग वाणिज्य संघ र व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रको आयोजनामा बुटवलमा सञ्चालित एक महिने निशुल्क बिक्रयकला ९सेल्समेनसीप ० तालिम आज सम्पन्न भएको छ ।
तालिममा बुटवलका बिभिन्न व्यवसायीक प्रतिष्ठानमा कार्यरत र एम्स कलेज बुटवलमा व्यवस्थापन संकायमा अध्ययनरत २५ बिद्यार्थीको सहभागिता रहेको थियो ।
तालिमका सहभागिहरुलाई प्रमाण पत्र बितरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले मुलुकको आर्थिक समृद्धिका लागि पहिला नागरीक समृद्ध हुनुपर्ने र त्यसका लागि नागरीकमा बिशेष सीप हुनुपर्ने बताउनु भयो । उहाले व्यवसायीक सीपलाई व्यवहारमा उतार्न सके मात्रै आर्थिक लाभ लिन सकिने बताउनु भयो । उहाले उद्योग व्यवसायमा दक्ष जनशक्तिको आवश्यकता पुर्ति गर्न यस्ता तालिम फलदायी हुने बताउनु भयो ।
व्यवसायीक तथा सीप बिकास तालिम केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेलले बुटवल उद्योग वाणिज्य संघ संगको सहकार्यमा गरेका तालिमहरु व्यवहारीक भएको र तालिम लिएका युवा युवति स्वरोजगार बनेकाले संघ संगको सहकार्यलाई निरन्तरता दिएको बताउनुभयो । उहाले अहिले देशमा काम गर्न चाहने नभई शैक्षिक बेरोजगार मात्रै रहेको बताउनु भयो ।
संघका अध्यक्ष खिम बहादुर हमालले बुटवल तथा आसपासको क्षेत्रमा उद्योग व्यवसायलाई आवश्यक दक्ष जनशक्ति तयार गरी उद्योग व्यवसायलाई बिशिष्टिकृत गरी उत्कृष्ठ सेवा प्रवाह गर्न संघले यस बर्षलाई तालिम बर्षका रुपमा लिएको बताउनुभयो ।
कार्यक्रममा आइडियल इञ्जिनियरीगं सर्भिसेजका प्रवन्ध निर्देशक अरुण अर्याल , प्रशिक्षक कमल गोदार, संघका बाणिज्य उपाध्यक्ष हरी प्रसाद अर्याल, सहायक अधिकृत गोबिन्द पाण्डे लगायतले बोल्नु भएको थियो ।

33104660_1944484615601777_7187415340773539840_n

आर्थिक क्रान्तिका लागि अहिले उपयुक्त समय. नेउवा महासंघ उपाध्यक्ष प्रधान

बुटवल ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आर्थिक क्रान्तिका लागि अहिले सबैभन्दा उपयुक्त समय आएको बताउनु भएको छ ।
बुटवल उद्योग वाणिज्य संघको २५ औ सल्लाहकार सभाको आज बुटवलमा उदघाटन गर्दै उहाले सबै राजनीतिक दलहरुले निर्वाचनमा आर्थिक समृद्धिलाई प्रमुख एजेण्डा बनाएको र स्पष्ट बहुमतको सरकार बनेकोले अहिले आर्थिक क्रान्तिका लागि उपयुक्त समय आएको बताउनु भयो ।
उहाले स्पष्ट बहुमत सहितको सरकारले बिगतमा गरेका प्रतिबद्धता अनुसार क्रान्तिकारी योजना ल्याउने आशामा नेपालको नीजि क्षेत्र रहेकोृ बताउनु भयो ।
उहाले व्यवसायीहरुलाई तत्काल कमाउने र मोज गर्ने भन्दा मुलुकको दीगो बिकास र रोजगारी श्रृजना गरी दीगो व्यवसाय सञ्चालन हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
प्रधानले बुटवल तथा आसपासको क्षेत्र आर्थिक क्रियाकलापमा तिब् बिकास गरीरहेको क्षेत्र रहेको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि कृषिमा लगानी गर्न पनि व्यवसायीहरुलाई सुझाव दिनुभयो ।
महासंघका  जिल्ला नगर उपाध्यक्ष प्रधानले अहिलेका बैक तथा बित्तिय सस्था राणा शासनका जमिन्दार जस्तै भएको आरोप लगाउनु भयो । उहाले बैकर्सहरुको संगठन नेपाल बैकर्स एशोसिएसन कार्टेलिगको जग भएको बताउनु भयो । उहाले भन्नुभयो राणा शासनमा क्रृण नतिर्नेको सम्पत्ति हडप्नेदेखि परिवार खोस्नेसम् मगर्न पाउथे अहिले बैकको हालत पनि झण्डै उस्तै छ सरकारले नै उनीहरुलाई त्यसैगरी जग्गा बेचेर बिचल्ली पार्ने अधिकार दिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल स्थित बंगलादेशी राजदुतावासका प्रथम सचिव मोहवुल हकले नेपालमा भएका श्रोत साधनको अत्यधिक उपयोग गर्न सके नेपालले छिटो आर्थिक बिकास गर्न सक्ने बताउनु भयो । उहाले नेपाल र बंगलादेशबीचको व्यापार बढाएर दुई देशले बिभिन्न क्षेत्रमा लाभ लिन सक्ने पनि बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले  स्थानीय तहहरुले ऐन कानुन बनाउदा निजी क्षेत्रसंग समन्वय नगरेको उल्लेख गर्दै प्रदेश र केन्द्रको कानुन निर्माणमा पनि त्यस्तै भए लगानीमैत्री र उद्योगमैत्री ऐन कानुन बन्न नसक्ने भएकाले निजी क्षेत्रले आफनो भुमिका खोज्नुपर्ने बताउनु भयो ।
संघका पुर्व अध्यक्ष अर्जुनमान सैजुले फोहोर मैला, सडक सफाईदेखि बहाल करसम्म व्यवसायीले तिनृुपर्ने तर सरकारले उपयुक्त वातावरण नबनाउने अवस्थाको अव अन्त्य हुनुपर्ने बताउनु भयो ।
अर्का पुर्व अध्यक्ष हिरा प्रसाद श्रेष्ठले व्यवसायीहरुको सहयोगमा बनाएको संघको भवन र सभाहल प्रदेश सभालाई दिदा त्यसको उचित सम्मान हुनुपर्ने बताउनु भयो ।
संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्व, महासचिव दिनेश प्रसाद श्रेष्ठको सञ्चालन र बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजूको धन्यवादमा भएको उदघाटन कार्यक्रममा बस्तुगत सभापति महेन्द्र प्रसाद श्रेष्ठ, परामर्शदाता नेत्र ज्ञवाली लगायतले बोल्नु भएको थियो ।
सोही अवसरमा उपाध्यक्ष प्रधानले संघको औषधि समितिले संघका सञ्चालनमा ल्याएको स्वास्थ्य डेस्कको पनि उदघाटन गर्नुभयो । डेस्कमा प्राथमिक उपचारका लागि नियमित रुपमा औषधि राखिने समितिका सभापति गंगा प्रसाद ढकालले जानकारी दिनुभएको छ ।
यसैबिच
नेपाल सरकारका बिभिन्न निकाय र संघको आयोजनामा गत फागुनमा बुटवलमा सम्पन्न प्रांगारीक कृषि मेलामा बिशेष सहयोग पुर्याएको र अन्य समयमा कृषि क्षेत्रमा निरन्तर कलम चलाएकोमा उच्च सम्मान गर्दै संघले पत्रकार कृष्ण खनाललाई नगद सहित सम्मान गरेको छ ।
कार्यक्रममा महासंघका उपाध्यक्ष प्रधानले सम्मान पत्र र संघका अध्यक्ष हमालले नगद ५ हजार एक सय प्रदान गरी खनाललाई सम्मान गर्नु भएको हो ।

मोवाइल व्यवसाय र सीसीटीभिको व्यवस्थापनमा छलफल

बुटवल ।
बुटवलका मोवाइल बिक्रेता व्यवसायी र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक केशव भट्टराइबीच मोवाइल व्यवसाय र बुटवलमा सीसीटीभिको व्यवस्थापनका सम्वन्धमा छलफल भएको छ ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा भएको छलफलबाट बुटवल बजारमा व्यवसाय तथा अन्य सुरक्षाका लागि जडान गरीएका र अव जडान गरीने सीसी टिभिको मर्मत, सुरक्षा र व्यवस्थापनका लागि पश्चिमाञ्चल क्षेत्रीय टाफिक प्रहरी कार्यालय,बुटवल उपमहागरपालिका र उद्योग वाणिज्य संघले संयुक्त बैठक बसि ठोस निष्कर्श निकाल्ने, मोवाइल व्यवसायी र व्यवसायको सुरक्षा प्रही प्रशासनले गर्ने र सुरक्षा अधिकारीहरुको उपस्थितिमा अन्र्तक्रिया गर्ने निणर्य गरीएको छ । त्यस्तै मोवाइल पसलमा भएका चोरीका घटनाका सम्वन्धमा प्रहरीले शुक्ष्म अध्ययन अनुसन्धान गरी दोषिलाई पक्राउ गरी कारवाही गर्ने पनि निणर्य गरीएको छ ।
छलफलमा प्रहरी नायव उपरीक्षक भट्टराइले बुटवलको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी सक्षम रहेको उल्लेख गर्दै एक दुइवटा समान्ट चोरीलाई गम्भिर रुपमा नलिन आग्रह गर्नुभयो । उहाले ठुला ठुला अपराधिहरु समेत पक्राउ गरीरहेको प्रहरीले यस्ता घटनामा सम्लग्नहरुलाई पनि पक्राउ गरी कानुनी दायरामा ल्याउने बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा मोवाइल समितिका सभापति बिष्णु ज्ञवाली सहित मोवाइल समितिका पदाधिकारी र सदस्यहरुले बोल्नु भएको थियो ।

agr

बदेलपोखरीमा ४५ दिने ग्रामिण कृषि कार्यकर्ता तालिम सुरु

बुटवल ।
बुटवलको बेलवास बदेलपोखरीमा बुटवल उद्योग वाणिज्य संघ र व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रको आयोजनामा ४५ दिने ग्रामिण कृषि कार्यकर्ता तालिम सुरु भएको छ ।
नेपाल उद्यमी बिकास परामर्श केन्द्र चितवनको व्यवस्थापनमा सुरु भएको तालिममा बुटवल उपमहानगरपालिकामा व्यवसायीक कृषिमा आवद्ध र कृषिमा रुचि राख्ने ३० जनाको सहभागिता रहेको छ ।
तालिमको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठले कृषिको आधुनिकिकरण र व्यवसायीकरण बिना नेपाली जनताको आय श्रोत बढन नसक्ने बताउनु भयो । उहाले कृषिका हरेक उत्पादनलाई उद्योग र पर्यटन संग जोडन सकेमात्रै किसानले लाभ लिन सक्ने र मुलुकको बढ्दो घाटा व्यापार कम हुने बताउनु भयो । व्यवसायीक तथा सीप बिकास तालिम केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेलले कृषिलाई उद्योग र व्यवसायसंग जोडेर अघि बढाउन  केन्द्रले उद्योग वाणिज्य संघसंग सहकार्य सुरु गरेको बताउनु भयो ।
संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा प्रशिक्षक तुल्सीराम अधिकारी, संघका कार्यसमिति सदस्य बसन्त ढकाल, स्थानीय आमा समुहकी सल्लाहकार डिला गाहा लगायतले व्यवसायीक कृषिको महत्व र अवको आवश्यकताका सम्वन्धमा चर्चा गर्नु भएको थियो ।

32150154_2010135059031833_5349504732081684480_o

रेनुको नेतृत्वमा व्युटी पार्लर समित

बुटवल ।
बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतका व्युटी पार्लर व्यवसायीहरुको भेला आज संघ सचिवालयमा सम्पन्न भेलाले नया बस्तुगत समिति गठन गरेको छ ।

भेलाले रेनु श्रेष्ठलाई सभापति, रेनु कार्माचार्यलाई उपसभापति, पार्वती बिकलाई सचिव र अनिता केसीलाई कोषाध्यक्षमा चयन गरेको छ ।

त्यस्तै सदस्यमा लम्बिका लम्साल, रुपा गुरुगं, अनिता श्रेष्ठ, यमुना श्रेष्ठ र अप्सरा श्रेष्ठ तथा सल्लाहकारमा शर्मिला बिक, तारा केसी, मोनिका क्षेत्री र शान्ता शर्मा रहनु भएको छ ।

संघका कार्यसमिति सदस्य मिना प्रधानको सभापतित्व र उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

88888

संघमा समिल र सेवा तथा परामर्श समिति गठन

बुटवल ।
बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतका फर्निचर समिल र सेवा तथा परामर्श व्यवसायीहरुको भेला आज संघ सचिवालयमा सम्पन्न भएको छ ।
फर्निचर समिल व्यवसायीको भेलाले अच्युतराज अर्याल र सेवा तथा परामर्श व्यवसायीहरुको भेलाले निलम अधिकारीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरेको छ । फर्निचर समिलको उपसभापतिमा नर बहादुर श्रीस र सदस्यमा चक्र बहादुर खडका, बुद्ध बहादुर सारु, सुरेन्द्र भुषाल तथा सल्लाहकारमा बिष्णु प्रसाद पाण्डे, नरेश कुमार श्रेष्ठ, बिष्णु कुमार श्रेष्ठ र भवानी प्रसाद शर्मा रहनु भएको छ । त्यस्तै सेवा तथा परामर्श समितिको उपसभापतिमा ठाकुर अधिकारी रहनु भएको छ ।
दुबै भेला संघका कार्यसमिति सदस्य सञ्जय जयसवालको सभापतित्व र उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठको उपस्थितिमा भएका थिए ।

ggggggg

उवा संघमा महिला उद्यमी र भाडा समिति गठन

बुटवल।
बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतका महिला उद्यमी र भाडा तथा प्लाष्टिक व्यवसायीहरुको भेलाले नया समिति गठन गरेका छन ।
महिला उद्यमीहरुको भेलाले नमकला (शारदा) बेल्वासेलाई सभापति र सुनिता शर्मा बञ्जाडेलाई उपसभापतिमा चयन गरेको छ । त्यस्तै समतिको सदस्यमा सुकमाया (सिता) ध्वजू, पार्वति बिक, सिता मरासिनी, शारदा खनाल, सुशिला श्रेष्ठ, शितला टण्डन र शान्ति श्रेष्ठ चयन हुनु भएको छ । भेलाले प्रभा गौतम, बसन्ती खर्ति, राधिका पोखरेल, सञ्जिला कसजू, पुजन श्रेष्ठ र रेनु कर्माचार्यलाई सल्लाहकारमा ाचयन गरेको छ ।
त्यस्तै भाडा तथा प्लाष्टिक व्यवसायीहरुको भेलाले टिकाराम बञ्जाडे सभापति र कमालदिन मिया उपसभापति रहेको समिति गठन गरेको छ । समितिको सदस्यमा क्रृषवमान थैव,अर्नलराज शाक्य, क्रृषिराम खरेल, केशव भण्डारी, राजेन्द्र श्रेष्ठ, दान बहादुर कडेल र बाल नरसिंह कुवर रहनु भएको छ ।
समितिको सल्लाहकारमा चुडा बहादुर पोखरेल, कमल पौडेल राम बहादुर भण्डारी र गोकुल नेपाल रहनु भएको छ ।
महिला उद्यमीहरुको भेला संघका कार्यसमिति सदस्य धन कुमारी खनाल र  भाडा तथा प्लाष्टिक व्यवसायीहरुको भेला कार्यसमिति सदस्य बसन्त प्रसाद ढकालको संमन्वयमा भएका थिए ।

photo

संघमा बस्तुगत समिति गठन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतका इलेक्टीकल्स तथा इलेक्टोनिक्स र मोवाइल व्यवसायीहरुको भेला आज सम्पन्न भएको छ । दुबै भेलाले छुट्टाछुट्टै समिति गठन गरेका छन । जसअनुसार इलेक्टीकल्स तथा इलेक्टोनिक्सको सभापतिमा महेन्द्र प्रसाद श्रेष्ठ, उपसभापति बिष्णु भण्डारी र सदस्यमा सुशिल श्रेष्ठ, दिपा थान्जु,तिर्थ पंगेनी, ज्ञानेन्द्र सिमागैडा, बृजेश कसौधन, निर्देचन्द् श्रेष्ठ, बिश्वजित कसौधन, प्रबिन थापा र बसन्त थापा रहनु भएको छ । त्यस्तै मोवाइल समितिको सभापतिमा बिष्णु ज्ञवाली ,उपसभापतिमा सुरेन्द्र भारी र सदस्यमा नारायण गौतम, बिष्णु भट्टराई, ण बहादुर सार, किसन न्यौपाने, बिष्णु पौडेल रहनु भएको छ । भेलाले मोवाइल समितिको बरिष्ठ सल्लाहकारमा एमएल पाण्डे तथा सल्लाहकारमा प्रदीपमान सैजु, रिन्कु लिगल र मनोज लाकौललाई चयन गरेको छ । इलेक्टीकल्स तथा इलेक्टोनिक्स समितिको भेला संघका सदस्य प्रकाश श्रेष्ठ र मोवाइल समितिको भेला सदस्य नबिन श्रेष्ठको समन्वयमा भएको थियो । दुबै भेलामा बोल्दै संघका वाणिज्य उपाध्यक्ष हरी अर्यालले बुटवलको बजार बिशिष्टिकरण र पुर्वाधार बिकासका लागि संघले स्थापनादेखि खेल्दै आएको भुमिकामा कमि आउन नदिने बताउनु भयो । उहाले व्यवसाय गर्दा लाभलाई मात्र नहेरी सेवालाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो ।