Author: admin

संघमा बस्तुगत समिति गठन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतका इलेक्टीकल्स तथा इलेक्टोनिक्स र मोवाइल व्यवसायीहरुको भेला आज सम्पन्न भएको छ । दुबै भेलाले छुट्टाछुट्टै समिति गठन गरेका छन । जसअनुसार इलेक्टीकल्स तथा इलेक्टोनिक्सको सभापतिमा महेन्द्र प्रसाद श्रेष्ठ, उपसभापति बिष्णु भण्डारी र सदस्यमा सुशिल श्रेष्ठ, दिपा थान्जु,तिर्थ पंगेनी, ज्ञानेन्द्र सिमागैडा, बृजेश कसौधन, निर्देचन्द् श्रेष्ठ, बिश्वजित कसौधन, प्रबिन थापा र बसन्त थापा रहनु भएको छ । त्यस्तै मोवाइल समितिको सभापतिमा बिष्णु ज्ञवाली ,उपसभापतिमा सुरेन्द्र भारी र सदस्यमा नारायण गौतम, बिष्णु भट्टराई, ण बहादुर सार, किसन न्यौपाने, बिष्णु पौडेल रहनु भएको छ । भेलाले मोवाइल समितिको बरिष्ठ सल्लाहकारमा एमएल पाण्डे तथा सल्लाहकारमा प्रदीपमान सैजु, रिन्कु लिगल र मनोज लाकौललाई चयन गरेको छ । इलेक्टीकल्स तथा इलेक्टोनिक्स समितिको भेला संघका सदस्य प्रकाश श्रेष्ठ र मोवाइल समितिको भेला सदस्य नबिन श्रेष्ठको समन्वयमा भएको थियो । दुबै भेलामा बोल्दै संघका वाणिज्य उपाध्यक्ष हरी अर्यालले बुटवलको बजार बिशिष्टिकरण र पुर्वाधार बिकासका लागि संघले स्थापनादेखि खेल्दै आएको भुमिकामा कमि आउन नदिने बताउनु भयो । उहाले व्यवसाय गर्दा लाभलाई मात्र नहेरी सेवालाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उ.वा संघमा एक महिने नि:शुल्क बिक्रयकला तालिम सुरु

बुटवल, २२ चैत्र । बुटवल उद्योग वाणिज्य संघ र व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रको आयोजनामा आजदेखि बुटवलमा एक महिने नि:शुल्क बिक्रयकला (सेल्समेनसीप ) तालिम सुरु भएको छ । तालिममा बुटवलका बिभिन्न व्यवसायीक प्रतिष्ठानमा कार्यरत र एम्स कलेज बुटवलमा व्यवस्थापन संकायमा अध्ययनरत ५० बिद्यार्थीको सहभागिता रहेको छ । तालिमको उदघाटन गर्दै संघका पुर्व अध्यक्ष जीवन प्रसाद वझाले अहिलेको २१ औ शताब्दीमा जस्ले आफना कुरा राम्रोसंग राख्न सक्छ त्यसको बजार माग बढी हुने भएकाले बिक्रयकला तालिमले व्यवसाय प्रवद्र्धनसंगै व्यक्तित्व बिकासमा पनि टेवा पुग्ने बताउनुभयो । संघका अध्यक्ष खिम बहादुर हमालले बुटवल तथा आसपासको क्षेत्रमा उद्योग व्यवसायलाई आवश्यक दक्ष जनशक्ति तयार गरी उद्योग व्यवसायलाई बिशिष्टिकृत गरी उत्कृष्ठ सेवा प्रवाह गर्न संघले यस बर्षलाई तालिम बर्षका रुपमा लिएको बताउनुभयो । उहाले संघको आयोजनामा ३ महिने कुक तालिम सञ्चालन भइरहेको,३ महिने बिद्युत वायरीगं तालिम र लेखा व्यवस्थापन तालिम सम्पन्न भईसकेको र व्यवसायीहरुको माग अनुसार थप तालिम पनि आयोजना गर्ने बताउनुभयो । व्यवसायीक तथा सीप बिकास तालिम केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेलले बुटवल उद्योग वाणिज्य संघ संगको सहकार्यमा गरेका तालिमहरु व्यवहारीक भएको र तालिम लिएका युवा युवति स्वरोजगार बनेकाले संघ संगको सहकार्यलाई निरन्तरता दिएको बताउनुभयो । कार्यक्रममा आइडियल इञ्जिनियरीगं सर्भिसेजका प्रवन्ध निर्देशक अरुण अर्याल , प्रशिक्षक राजिव गौतम, संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, सहायक अधिकृत गोबिन्द पाण्डे लगायतले बोल्नु भएको थियो ।

संघमा कर अन्तरक्रिया

बुटवल, १९ चैत्र ।
बुटवल उद्योग वाणिज्य संघ र आन्तरीक राजश्व कार्यालय बुटवलको आयोजनामा आज बुटवलमा कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रमका सहभागिहरुले करलाई सरकारको राजश्व संकलनको माध्यम मात्र नभएर व्यवसाय फष्टाउन सक्ने तथा व्यवसाय मैत्री बनाउन सुझाव दिएका छन ।
कार्यक्रममा आन्तरी राजश्व कार्यालय बुटवलका कर अधिकृत पिताम्वर खनालले व्यवसाय गर्दा लिनुपर्ने इजाजत, बुझाउने कर तथा प्रक्रियाका सम्वन्धमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष निर्मल प्रसाद लाकौलले नेपालको कर प्रशासनलाई व्यवसायमैत्री बनाई देशलाई समृद्धिको दिसामा लैजानुपनेृ बताउनुभयो ।
निवर्तमान अध्यक्ष महेशमान सिंहले बुटवलको भौतिक बिकासमा निजी क्षेत्रको सहभागिताले प्रदेशको राजधानि बुटवल बन्न सकेको बताउनुभयो ।
अर्का पुर्व अध्यक्ष ज्ञानेन्द्र कसजूले भन्सारमा राखिने सन्दर्भ पुस्तिका नहटेसम्म न्युन बिल बिजकीकरणको समस्या रहने उल्लेख गर्दै मुल्य अभिबृद्धि कर शुन्यबाट लगाउनुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा संघका उद्योग उपाध्यक्ष  अनिल प्रसाद श्रेष्ठ,परामर्शदाता रतनलाल अग्रवाल, अधिकृत रुचि मलेगो , सहायक गोबिन्द पाण्डे सहित बस्तुगत समितिका सभापति तथा उपसभापतिहरुले बोल्नु भएको थियो ।

संघ अन्तर्गत कपडा व्यवसायी समितिको पद हस्तान्तरण कार्यक्रम

बुटवल, १५ माघ ।
बिना भन्सार अबैध रुपमा नेपाल आउने कपडाले व्यवसायीहरु मर्कामा परेको बुटवलका कपडा वयवसायीहरुले गुनासो गरेका छन ।
बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतको कपडा व्यवसायीहरुको बस्तुगत समितिले आज सोमवार संघ सचिवालयमा आयोजना गरेको कार्यक्रमका सहभागि व्यवसायीहरुले खुला सीमाका कारण बिना भन्सार भित्रने कपडाले व्यवसायीहरुलाई समस्या परेको भन्दै सीमा क्षेत्रमा कडाई गर्न सरकारसंग माग गरेका छन ।
दैनिक घर खर्चका लागि समेत सीमाबर्ती बजारमा सामान किन्न जाने उपभोक्ता र सीमा क्षेत्रमा पोका व्यवसाय गर्ने पेशेवरहरुबाट आफुहरुको व्यवसाय चल्न नसक्ने अवस्थामा पुगेको उनीहरुले गुनासो गरेका छन ।
व्यवसायीहरुले पटक पटक भन्सार कार्यालय, आन्तरीक राजश्व र राजश्व अनुसन्धान कार्यालयको ध्यानाकर्षण गराएपनि
बिधिवत वयवसाय गर्दै आएका वयवसायीहरु माथि निगरानी राखीरहने र गलत क्रियाकलाप गर्नेहरु प्रति बेवास्ता गर्नेक्रम नरोकिएको समेत बताए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष खिम बहादुर हमालले नेपाली उपभोक्तामा सचेतना फैलाउदै गलत क्रियाकलापबाट लाभ लिन खोज्नेहरुलाई कानुनी दायरामा ल्याउन संघले सरकारसंग मिलेर काम गर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुरेन्द्र श्रेष्ठले मुख्य भन्सार सहित छोटी भन्सारबाट हुने अबैध क्रियाकलाप रोकन महासंघले सरकारी निकायमा पहल गरीरहेको बताउनु भयो ।
समितिका सभापति त्रिबिक्रम हेजूको सभापतित्वमा भएको कार्यक्रममा संघका पुर्वअध्यक्ष तथा कपडा व्यवसायी जीवन वझा र निर्मल लाकौल,बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, समितिका पुर्व सभापति पुरन कसजू,कर्ण कुमार हेजू, बिक्रम राजभण्डारी लगायतले बोल्नु भएको थियो ।
यस अघि हेजूको नेतृत्वमा कपडा समिति गठन भएको थियो । समितिको उपसभापतिमा अनिल चुके, र सदस्यहरुमा हरिहन्दर पटवा, खडक थापा, निर्मल श्रेष्ठ, स्वराज जयशवाल, राकेश कसौधन, मनिष हेजू र सब्बर मिया रहनु भएको छ ।
यस्तै
संघ अन्र्तगतको दैनिक उपभोग्य समितिको सभापतिमा बिष्णु प्रसाद श्रेष्ठ चुनिनु भएको छ ।
समितिको उपसभापतिमा उमेश अमात्य र सदस्यमा बिजय गुप्ता, संजिव श्रेष्ठ, पवन जैसवाल,माधव पोख्रेल, नारायण भुसाल, सदव अहमद, देबेन्द्र जयसवाल, हरी बहादुर कार्की र अमर बहादुर कार्की रहनु भएको छ ।

११औं राष्टिय प्रागांरीक कृषि मेला २०७४ को तयारीका सम्वन्धमा छलफल

बुटवल, ११ माघ ।
नेपाल सरकार कृषि बिकास मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा फागुन ३ गतेदेखि बुटवलमण्डपमा हुने राष्टिय प्रागांरीक कृषि मेलाको तयारीका सम्वन्धमा आज छलफल भएको छ ।
बुटवल उद्योग वाणिज्य संघ र  कृषि बिकास मन्त्रालय अन्र्तगतका कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षेत्रीय कृषि निर्देशनालय एवं जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका बीच बुटवल उद्योग वाणिजय संघको सचिवालयमा छलफल भएको हो ।
त्यसअवसरमा मेला तयारीका क्रममा अहिलेसम्म भएका कार्यहरुको समवन्धमा सबैले एक अर्कालाई जानकारी गराउदै मेलास्थल बुटवलमण्डपमा स्टल निर्माण गर्ने देखि प्रागांरीक कृषिका स्टल सहभागिताका लागि स्थानीय किसान तथा संघ सस्थालाई आग्रह गर्ने निणर्य भएको छ ।
कार्यक्रममा संघका अध्यक्ष खिम बहादुर हमालले कृषि मेलालाई सफल बनाउन संघले बिभिन्न आन्तरीक समिति गठन गरीसकेको र मेलामा जनचेतना फैलाउन कृषि सास्कृतिक कार्यक्रम, कृषिका सम्वन्धमा बिद्यालय तथा कलेजस्तरीय बिभिन्न प्रतियोगिता आयोजना गर्ने तयारी गरेको जानकारी गराउनु भयो ।
कार्यक्रममा कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमका प्रमुख दिवशराज बिष्ट, क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ बालि संरक्षण अधिकृत माधव लम्साल, ंजिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा, संघका पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष महेशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

युवा उद्यमी मञ्चद्धारा सम्मान

बुटवल,३० पुस ।
युवा उद्यमी मञ्च रुपन्देहीले युवा उद्यमीहरुको प्रोत्साहनका लागि तालिम, गोष्ठि, उत्प्ररणामूलक कार्यक्रमलाई निरन्तरता दिने निणर्य गरेको छ ।
मञ्चका सदस्यहरुको आज बुटवलमा सम्पन्न भेलाले उद्योग वयवसायमा लागेका र लाग्न चाहने युवाहरुलाई आवश्यक परामर्श सहितका तालिमलाई निरन्तरता दिने निणर्य गरेको हो ।
मञ्चका अधयक्ष सुमोदमान सैजूको अध्यक्षता र सदस्य उमेश अमात्यको सञ्चालनमा भएको भेलाका अवसरमा बुटवल उद्योग वाणिज्य संघको केही समय अघि सम्पन्न अबिधेशनबाट निर्वाचित पदाधिकारी सदस्य सहित रुपन्देही उद्योग संघको हिजो सम्पन्न अबिधेशनबाट एशोसियट सदस्यमा निर्वाचित मञ्चका सदस्य सुमन बस्याललाई सम्मान गरीएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिजय संघका अध्यक्ष खिम बहादुर हमालले मञ्चका हरेक कार्यक्रममा संघले सहयोग गर्ने र मञ्चलाई आवश्यक सचिवालय संघमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्न‘भयो ।संघका पुर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिजय महासंघका सदस्य सुरेन्द्र श्रेष्ठले मञ्चले स्थापनाको छोटो समयमा उत्कृष्ठ कार्य गरेकोमा प्रशंसा गर्दै युवाहरुको सक्रियताले उद्योग व्यापारमा बिशिष्टिकरण र बिबिधिकरण हुने बताउनुभयो ।
कार्यक्रममा मञ्चका निर्वतमान अध्यक्ष आनन्द वझा, सल्लाहकार अनिल श्रेष्ठ लगायतले बोल्न’ भएको थियो ।

बजार व्यवस्थापन तथा बिक्रयकला तालिम सम्पन्न

बुटवल,३० पुस ।
बुटवल उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय बिकास प्रतिष्ठानको आयोजनामा बुटवलमा सञ्चालित ५ दिने बजार व्यवस्थापन तथा बिक्रयकला तालिम आज सम्पन्न भएको छ ।
रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मि र अर्धाखाचीका बिभिन्न प्रतिष्ठानमा कार्यरत र नया युवा समेत गरी २५ जनाको सहभागिता रहेको तालिममा सैद्धान्तिक र व्यवहारीक प्रशिक्षण दिइएको थियो ।
तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गर्दै संघका पुर्वअध्यक्ष हिरा प्रसाद श्रेष्ठले काठमाण्डौ बाहिर रुपन्देही बजार व्यवस्थापन र बिक्रिका लागि उत्कृष्ठ रहेको बताउनुभयो । उहाले हरेक व्यक्तिलाई तालिमले पुर्ण बनाउने उल्लेख गर्दै सैद्धान्ति सीपलाई व्यवहारमा परीवर्तन गर्न सके यस क्षेत्रमा बजारको समस्या नरहेको बताउनु भयो ।
औद्योगिक व्यवसाय बिकास प्रतिष्ठानका बुटवल शाखा प्रमुख मुकुन्द ज्ञवालीले व्यवसायीक प्रतिष्ठानहरुलाई दक्ष जनशकित उपलब्ध गराउन र युवाहरुलाई व्यवसायीक सीप दिएर स्वरोजगार बनाउने कार्यालयले बिभिन्न प्रकृतिका तालिमहरु गरीरहेको बताउनु भयो ।
संघका अध्यक्ष खिम बहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, प्रशिक्षार्थी धनकुमारी खनाल, कृष्ण पाण्डे र संघका कार्यक्रम अधिकृत यानु थापाले बोल्नु भएको थियो ।